पाँचथरमा दया र मिरुनाको ‘मनसरा’को इन्डक्ल्याप

पौषको २१ गतेबाट छायांकनमा गएको फिल्म ‘मनसरा’को छायांकन ३० दिनमा सकिएको छ । उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको फिल्मको छायांकन ताप्लेजुङको पाँचथरमा पुगेर सकिएको हो । फिल्मको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा गरिएको हो ।

पाँचथरमा मुख्य कलाकारहरू दयाहाङ राई र मिरुना मगरको अन्तिम दृश्य खिच्दै छायांकन सकिएको घोषणा गरिएको हो । फिल्मको शीर्ष भूमिकामा मिरुना देखिएकी छिन् । 



यो फिल्ममा दया र मिरुनाको अलवा प्रवीण खतिवडा, मेनुका प्रधान, हेमन्त वुढाथोकीको अभिनय छ । उपेन्द्रकै लेखनको रहेको फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की हुन् । फिल्ममा विष्णु कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु  थाक्लुङ सह–निर्माताको रुपमा छन् । 

कबड्डी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रँग संयोजन छ । फिल्मको रिलिज मिति आउँदो बर्षको वैशाख २१ गतेलाई तोकिएको छ । फिल्मका कार्यकारी निर्माता सिजन दाहाल हुन् ।

आफ्नो डेब्यू निर्देशनमै फिल्म ‘जारी’बाट धमाका मच्चाएका उपेन्द्रले दोस्रो फिल्मको रुपमा ‘मनसरा’ बनाएका हुन् ।