‘फर्की फर्की’मा अनमोल–जसिताको रोमान्स नै रोमान्स

महँगो बजेटमा तयार भइरहेको फिल्म ‘फर्की फर्की’को काठमाडौं र पोखराको छायांकन सकिएको छ । निर्माता रोहित अधिकारीका अनुसार अब गीत खिच्नका लागि इन्डोनेसियाको बाली र खप्तड जाने तयारी गरिएको छ ।

सुरुवातमा फिल्मको छायांकन अन्नपूर्ण बेस क्याम्पमा गर्ने तयारी भएपनि नायक अनमोल केसीको इच्छा अनुसार खप्तड जाने तयारी गरिएको हो । 

फिल्म ‘फर्की फर्की’मा नायक अनमोल केसी र नायिका जसिता गुरुङको रोमान्सका थुप्रै दृश्यहरु समावेश भएको मेरो फिल्मलाई स्रोतले जानकारी दिएको छ । अनमोल र जसिताको लिप लकका दृश्यहरु पनि फिल्ममा समावेश गरिएको वुझिएको छ । 

फिल्ममा नव–कलाकारद्धय रवि काफ्ले र सम्बृद्धि अर्यालले पनि उत्कृष्ट काम गरेको निर्माता अधिकारी बताउँछन् । 

सुयोग गुरुङको कथा तथा निर्देशनमा तयार भएको यो फिल्मलाई जेठको १० गते बुद्ध जयन्तीका दिनदेखि रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ । 

यो फिल्मका लागि रोहित र उनको टिमले महँगो रकम खर्च गरिसकेको छ । फिल्मलाई उत्कृष्ट र फरक बनाउन कुनै पनि कसर बाँकी नराखिएको निर्माणपक्षले बताएको छ ।

फिल्ममा मनोज ओली र राम न्यौपाने सह–निर्माताको रुपमा छन् । फिल्मका छायांकार नरेन्द्र मैनाली हुन् ।