निश्चलको प्रश्न–‘फिल्म भनेको के हो ? सरकारले यसको उत्तर दिनुपर्यो’

चलचित्र जाँच पास समितिले तयार पारेको नयाँ कार्यविधिले नेपाली फिल्म क्षेत्रलाई कस्न लागेको भन्दै चर्को विरोध भइरहेको छ । सेन्सर बोर्डले तयार पारेको २० बुँदे कार्यविधि जस्ताको तस्तै पास भएको खण्डमा नेपाली फिल्म बनाउन निकै नै सकस पर्ने निश्चित छ । यसैले, यसको चर्को विरोध भइरहेको हो । 

यसैबिच, निर्देशक निश्चल बस्नेतले सरकारले पहिले ‘चलचित्र भनेको के हो ? भनेर जवाफ दिनुपर्ने बताएका छन् । उनले लेखेका छन्–‘चलचित्र भनेको के हो ? सरकारले यसको उत्तर दिनुपर्यो पहिला, अनि बल्ल बहसमा बस्दा हुन्छ । वुझ्नेसँग पो बहस हुन्छ ।’

उनले, सरकारमा बसेकाहरूले नै फिल्मको बारेमा केही पनि नबुझेको भन्दै बहस गर्नुको औचित्य नभएको तर्फ संकेत गरेका छन् । 

सरकारले ल्याउन लागेको नयाँ कार्यविधिले फिल्म निर्माण गर्न निकै नै अप्ठ्यारो हुने र यसले अभिव्यक्ति स्वतन्त्रतालाई निर्मम प्रहार गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ । 

फिल्ममाथि तानाशाह प्रवृत्तीः ५ सेकेन्ड भन्दा लामो चुम्बनदेखि द्धिअर्थी संवादमा बन्देज