‘मेयर’मा जोडिइन् वर्षा, खगेन्द्रको जोडीको रुपमा देखिदै
निर्देशक दीपेन्द्र के खनालले आफ्नो नयाँ फिल्म ‘मेयर’का लागि नायिका फाइनल गरेका छन् । यो फिल्ममा नायिका वर्षा राउतले काम गर्ने पक्का भएको छ । वर्षाले मेरो फिल्मसँग कुरा गर्दै आफूले फिल्मका मुख्य पात्र खगेन्द्र लामिछानेको जोडीको रुपमा काम गर्न लागेको पुष्टि गरिन् ।
वर्षा र खगेन्द्रले पहिलो पटक सहकार्य गर्न लागेका हुन् । दीपेन्द्रसँग भने उनले यसअघि पनि सहकार्य गरिसकेकी छिन् ।
यो फिल्मले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको कथालाई प्रस्तुत गर्न लागेको हो । फिल्ममा वर्षाले दुई कालखण्डको चरित्र निर्वाह गर्नुपर्नेछ । जसअनुसार, उनी फिल्ममा मेयरकी प्रेमीका र श्रीमतीको भूमिकामा देखिन लागेको वुझिएको छ ।
फिल्मको छायांकन फागुनको दोस्रो साताबाट सुरु हुनेछ । फिल्मको सम्पूर्ण छायांकन सर्लाहीमा नै हुनेछ ।
वर्षाको लाइनअपमा अब ४ वटा फिल्म पुगेका छन् । उनी अभिनीत फिल्म ‘महाजात्रा’ चैत्रको ९ गतेबाट रिलिजमा आउँदैछ । यस्तै, उनले ‘अवतार र तेल भिसा’ नामक फिल्म पनि साइन गरिसकेकी छिन् ।
प्रतिक्रिया