‘सक्किगोनी’को टिम नयाँ फिल्मको तयारीमा, अर्को बर्ष रिलिज हुने

उसो त, चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’को  टिमले मिलेर फिल्म बनाउने भनेको लामै समय भइसकेको छ । उनीहरूले, फिल्मको कथा लेखिरहेको भन्दै मिडियामा प्रचार भएको पनि धेरै पटक भइसकेको छ । तर, फिल्म बन्न सकेको छैन । 

अब, भने यो सिरियलका मुख्य टिम नयाँ फिल्म बनाउन कस्सिएका छन् । फिल्मको स्क्रिप्टलाई फाइनल रुप दिनका लागि उनीहरू धादिङको नौबिसेको एक रिसोर्टमा बसेर काम गरिरहेका छन् । 

उनीहरूले, यो फिल्मलाई आउँदो बर्ष तयार पारेर रिलिज गर्ने तयारी समेत गरेका छन् । फिल्मको बारेमा अरु केही बताइएको छैन । फिल्मको स्क्रिप्ट लेखनमा नायक गजित विष्ट, निर्देशक दीपक आचार्य, कलाकारहरू कुमार कट्टेल र हरिश निरौला लागिपरेका छन् । 

टेलिभिजनमा हाँस्य सिरियलबाट लोकप्रिय भएपछि केही टिमले फिल्ममा पनि सफलता पाइसकेका छन् । ‘सक्किगोनी’को टिमले पनि सिरियलबाट लोकप्रियता पाएपछि फिल्म बनाउने प्रयास गरिरहेको छ । यसपटक भने उनीहरू आफ्नो प्रयासमा सफल हुने दौडमा छन् । फिल्मका लागि कलाकारहरू पनि फाइनल गर्ने क्रम जारी रहेको वुझिएको छ । चाँडै नै पत्रकार सम्मेलनमार्फत यसको जानकारी दिने तयारी यो टिमको छ ।