‘रुमानी’ निर्माणको घोषणा, साम्राज्ञीसँग आर्यनको जोडी पक्का

फिल्म ‘रुमानी’ निर्माणको घोषणा गरिएको छ । ग्लोबल मिडिया रिसर्च सेन्टर प्रालिको ब्यानरमा तयार हुने यो फिल्म निर्माणमा आविष्कार बहुसन्चार प्रा.लिले सहकार्य गरेको छ । 

जीएम ठकुरीको प्रस्तुतिमा तयार हुन लागेको फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक आर्यन अधिकारीको जोडी फाइनल भएको छ । 

फिल्म ‘नांगो गाउँ’मा काम गरेपछि नयाँ फिल्म साइन नगरेकी साम्राज्ञीले अब भने ‘रुमानी’बाट दर्शकमाझ आउने तयारी गरेकी हुन् । यो फिल्मलाई अनिल योञ्जनले निर्देशन गर्दैछन् । अनिलले फिल्म ‘डायरी’ निर्देशन गरेका थिए । 

फिल्ममा हरि मल्ल ठकुरी कार्यकारी निर्माता, सुशील थापा, श्रृजना बस्नेत, सन्तोष सरु र विजय अधिकारी सह–निर्माताको रुपमा छन् । फिल्ममा महेश पौडेलको छायांकन रहने पक्का भएको छ ।

लभ स्टोरी कथामा निर्माण हुन लागेको फिल्मको छायांकन अष्ट्रेलीयामा हुने बताइएको छ । नेपाली फिल्म क्षेत्रमा केही बर्ष अगाडि राम्रो क्रेज बनाएकी साम्राज्ञीको गतबर्ष लगातार फिल्म असफल भएपछि उनले नयाँ फिल्म साइन गर्न समय लगाएकी हुन् ।

यता, आर्यनले पनि लगातार फिल्ममा काम गरेपनि सफल नहुँदा समस्या भइरहेको छ । अब, साम्राज्ञी र आर्यनको रोमान्टिक फिल्मले यी दुवैको करिअरलाई नयाँ आशा दिने अपेक्षा गर्न सकिन्छ ।