‘ह्रस्व दीर्घ’को जापान र कोरियाको प्रदर्शन अधिकार विक्री
फस्टलुक सार्वजनिक भएसँगै फिल्म ‘ह्रस्व दीर्घ’ विदेशको राइट्स विक्री हुन सुरु भएको छ । यो फिल्मको फस्टलुक केही दिन अगाडि सार्वजनिक गर्दै आउँदो बर्षको असोज ११ गतेबाट फिल्म रिलिज हुने जानकारी दिइएको थियो ।
फस्टलुक रिलिज भएपछि फिल्मको जापान र दक्षिण कोरियाको राइट्स विक्री भएको छ । फिल्मको जापान र कोरिया राइट्स यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो । फिल्मकी निर्माता तथा नायिका नीता ढुंगानाले जापान र कोरियाको राइट्स विक्री भएको जानकारी दिइन् ।
यस्तै, यूएनए इन्टरटेन्मेन्टका प्रमुख उज्ज्वल गुराँगाइले पनि फिल्मको फस्टलुकसँगै दर्शकमा उत्साह बढेको भन्दै आफूहरूले प्रदर्शन अधिकार खरिद गरेको बताए । फिल्मको नेपाली भाषाको अधिकार मात्र यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो ।
चन्द्र पन्तको निर्देशनमा हरिहर अधिकारीको कथा रहेको यो फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, विपना थापा, किरण केसी, गरिमा शर्मा लगायतका कलाकारको अभिनय छ । यस्तै, फिल्ममा दक्षिण भारतीय कलाकारहरू ब्रम्मानन्दम, प्रदीप राउत लगायतको पनि अभिनय छ ।
फिल्मको पहिलो र दोस्रो सेड्यूलको छायांकन सकिएको छ भने तेस्रो सेड्यूलको छायांकन भारतमा हुनेछ ।
प्रतिक्रिया