बैबाहिक जीवनमा बाँधिए गौरव पहारी

नायक गौरव पहारी आज बैबाहिक जीवनमा बाँधिएका छन् । असोजको ३ गते उनले प्रेमीका श्रेयानी खतिवडासँग इन्गेज्मेन्ट गरेका थिए । उनीहरूले, आज जोरपाटीस्थित नर्लिङ रिसोर्टमा परिवार, आफन्त र केही फिल्मीकर्मीको उपस्थितिमा बिहे गरेका हुन् । 

बिहे समारोहमा हाँस्य कलाकार विल्सन विक्रम  राई, कलाकार सुनील थापा र पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा उपस्थित छन् । 

चर्चित कलाकार टीका पहारीका छोरा गौरव पहारी र श्रेयानीको प्रेम ३ बर्षदेखि चलिरहेको थियो । गौरव फिल्ममा व्यस्त भएकाले उनीहरूले बिहेका लागि समय निकाल्न नसकेको वुझिएको छ । 

श्रेयानी फिटनेश प्रशिक्षक हुन् । गौरवले भने दर्जन बढी फिल्ममा अभिनय गरेका छन् । उनी, अभिनीत फिल्म ‘दुई कदम’ मंसिरमा रिलिज भएको थियो । ‘होस्टेल’ फिल्मबाट फिल्म क्षेत्रमा उदाएका गौरवको ‘नम्बरी सुन’ रिलिजको क्रममा छ । ‘सुन साइँली’ बोलको गीत हिट भएपछि गौरवलाई दर्शकले ‘साइँला’ उपनामले चिन्दै आएका छन् ।