बैबाहिक जीवनमा बाँधिए कोशिश
नायक कोशिश क्षेत्री बैबाहिक जीवनमा बाँधिएका छन् । उनले, हेटौंडा स्थायी घर भएकी प्रेमिका सन्ध्या ढुंगानासँग बिहे गरेका हुन् । कोशिश र सन्ध्याको बिहे माघको १७ गते भएको हो ।
यो जोडीले एक बर्ष अगाडि इन्गेजनमेन्ट गरेपनि हालै मात्र बिहे गरेको हो । आठ बर्ष लामो प्रेम सम्बन्धलाई यी दुइले बिहेमा परिणत गरेका हुन् ।
मनोविज्ञान बिषयमा स्नात्तोकर गरेकी सन्ध्या र गायन क्षेत्र हुँदै अभिनेताको रुपमा उदाएका कोशिशको बिहेमा परिवारका सदस्य र आफन्त मात्र उपस्थित भएको बताइएको छ ।
कोशिश आफ्नो अभिनयका कारण बढी चर्चामा रहन्छन् । उनले, अभिनय गरेको फिल्म ‘परस्त्री र ऐँचो पैँचो’ यो बर्ष नै रिलिज भएको थियो । जसमा कोशिशको कामले तारिफ पाएको थियो ।
प्रतिक्रिया