रश्मिका भन्छिन्–‘म विजयको सल्लाहा लिएर काम गर्छु’
साउथका दुई सुपरस्टार नायक–नायिक विजय देवरकोन्डा र रश्मिका मन्दनाको प्रेम चर्चा मिडियामा चलेको लामो समय भइसकेको छ । यी दुईले चाँडै नै बिहे गर्न लागेको खबर पनि सार्वजनिक भइरहेका छन् । तर, बिहेको विषयमा भने यी दुईले केही पनि प्रतिक्रिया दिएका छैनन् ।
विजय र रश्मिका छुट्टी मनाउन विदेश पुगेको खबरहरू पनि बेलाबखत मिडियामा नआएका होइनन् ।
विशेषगरि, फिल्म ‘डियर कमरेड’मा काम गरेपछि यी दुईको निकटता बढेको बताइन्छ । यसैबिच, रश्मिकाले आफूले गर्ने हरेक काममा विजयको सल्लाह लिने बताएकी छिन् । भारतीय मिडियासँग कुरा गर्दै उनले भनेकी छिन्–‘म जुन पनि काम गर्छु, विजयको सल्लाह लिन्छु । मलाई सल्लाहको जरुरत छ । मेरो करिअरमा अरु व्यक्तिले भन्दा विजयले धेरै साथ र सहयोग गरेका छन् ।’
रश्मिका अहिले बलिउड फिल्ममा पनि व्यस्त छिन् । उनी अभिनीत पछिल्लो फिल्म ‘एनिमल’ बक्स अफिसमा सुपरहिट भयो । विजय भने साउथ फिल्ममै बढी केन्द्रित छन् ।
प्रतिक्रिया