पूर्व मिस नेपाल अनुष्का भन्छिन्–‘नेपाली विद्यार्थी एकपटक विदेश जानैपर्छ’

सन् २०२० कि मिस नेपाल अनुष्का श्रेष्ठले नेपाली यूवा एकपटक विदेश जानैपर्ने बताएकी छिन् । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भनिन्–‘अहिलेको नेपालको विद्यार्थी एकपटक पढ्न विदेश गएको नै राम्रो भन्छु म । जबसम्म बेडमै चिया आउँछ, पाकेको खाना अगाडि आउँछ, कोठा भाडा तिर्नुपर्छ भन्ने बानी हुँदैन । तबसम्म हामीले मिहिनेत वुझ्दैनौं ।’

अनुष्काले अगाडि भनिन्–‘मैले विदेशमा पुगेपछि घरको याद र भोक देखेको छु । नेपाली हामी धेरै नै लक्की छौं । उसो त म काठमाडौंमा जन्मिएकाले यसो भन्न मिल्दैन होला । तर, अहिले गाउँमा पनि सुविधा धेरै छ । साग सब्जी घरमै उब्जिन्छ । मिहिनेत गर्ने बानी सिक्नका लागि, हप्ता हप्तामा मिहिनेत गरेर कोठा भाडा तिर्ने बानी बसाल्नका लागि विदेश जानुपर्छ जस्तो लाग्छ ।’

आफै कती तन्किन सकिन्छ भन्ने हेर्नका लागि र मिहिनेत गर्नका लागि भएपनि नेपाली विद्यार्थी विदेश एकपटक जानुपर्ने अनुष्काको तर्क छ ।