सकियो ‘भूठान’को छायांकन, हरिवंश र दयाको यस्तो छ लुक्स
फिल्म ‘भूठान’को छायांकन सकिएको निर्माणपक्षले बताएको छ । यो फिल्मको नाम नेपालीमा ‘भूठान’ र अङ्ग्रेजीमा ‘द वर्ल्ड ह्यापियस्ट म्यान’ राखिएको छ । यो फिल्ममा कलाकारहरू हरिवंश आचार्य, दयाहाङ राई, ऋचा घिमिरे, पूजा चन्द, भुवन प्याकुरेल, अदिति प्याकुरेल, कौशिला खनाल कर्मचार्य, जोयश पाण्डे, विमल सुवेदी, अनुराधा मजुमदार र हलिउड कलाकार ब्रुस डन लगायतको अभिनय छ ।
विनोद पौडेलले यो फिल्मको निर्देशन गरेका हुन् । फिल्मलाई हलिउडका मान्यता र मापदण्डमा रहेर निर्माण गरिएको निर्देशक पौडेलको दाबी छ । उनले, यो नेपालका लागि पहिलो युनियन फिल्म हुने बताए । यो फिल्मको कथालाई विश्वले नै आत्मसात गर्ने भएकाले यो फिल्ममार्फत विश्व बजारमा आफ्नो पहुँच बनाउन कुरामा निर्देशक पौडेल विश्वस्त देखिएका छन् ।
म्याड मंकी फिल्मस्ले निर्माण गरेको यो फिल्ममा हलिउडकै भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेन्मेन्ट, ठकुराठी ब्रोस र नेपालबाट अवेकन प्रोडक्सनले निर्माणमा सहकार्य गरेका छन् ।
यो फिल्ममा कौशिला खनाल कर्मचार्य, एल.एन अधिकारी, अपार श्रेष्ठ, रमेश भट्ट कार्यकारी निर्माताको रुपमा छन् । फिल्ममा राजेन्द्र ठकुराठी, अभिताव जोशी र अविरल थापाको लगानी छ । यो फिल्मलाई सन् २०२४ मै दर्शकमाझ ल्याउने तयारी भइरहेको निर्माणपक्षले बताएको छ ।
प्रतिक्रिया