‘दुःखी आत्मा’मा दयासँग आँचलको जोडी पक्का

फिल्म लेखक तथा निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘दुःखी आत्मा’का लागि नायिका फाइनल गरिएको छ । यो फिल्ममा नायिकाको रुपमा आँचल शर्मालाई फाइनल गरिएको निर्माणपक्षले बताएको छ ।

कथाको माग अनुसार नै आँचललाई फिल्ममा अनुबन्धित गरेको निर्देशक लामाले बताएका छन् । क्लक वर्क क्रियशनले निर्माण गर्न लागेको यो फिल्ममा नायक दयाहाङ राई अनुबन्धित भइसकेका छन् । दया र आँचलले यसअघि फिल्म ‘डिग्री माइला’मा काम गरिसकेका छन् । 

निर्देशक लामा र निर्माता कडरियाले यसअघि बनाएको फिल्म ‘नाङ्गो गाउँ’ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो । यस्तै, यी दुईले नै फिल्म ‘नाङ्गो गाउँ २’को घोषणा समेत गरिसकेका छन् । 

फिल्म ‘दुःखी आत्मा’को छायांकन चैत्र महिनादेखि सुरु गर्ने तयारी निर्माणपक्षको छ । यो फिल्मलाई काठमाडौं वरिपरी नै खिचिनेछ । फिल्मले सामाजिक कथालाई कमेडीको माध्यमबाट भन्न लागिएको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ । 

यस्तै, हिमालले फिल्म ‘गाउँ नै रमाइलो’को निर्माणको घोषणा पनि गरिसकेका छन् । यो फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल र मिरुना मगर अनुबन्धित भइसकेका छन् ।