‘खुस्मा’को छायांकन सुरु, मनाङ पुगे धिरज र उपासना

फिल्म ‘खुस्मा’को पहिलो सेड्यूलको छायांकन सुरु भएको छ । माघको १० गतेबाट मनाङमा फिल्मको पहिलो सेड्यूलको छायांकन सुरु भएको हो ।

हिउँका दृश्यहरु चाहिने भएकाले मनाङबाट फिल्मको छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ । यो फिल्ममा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीले पहिलो पटक जोडी बाँधेका छन् । 

यो फिल्मलाई नव–निर्देशक अशोक थापा मगरले निर्देशन गरिरहेका छन् । मनाङमा १० दिन दृश्य खिचेर निर्माण युनिट रुकुम जाने सेड्यूल छ । 
यो फिल्ममा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई, सुस्मिता बुढाथोकी निर्माताको रुपमा छन् ।

यो फिल्ममा एस डी योगीको संगीत, दीपक बज्राचार्यको छायांकन छ । फिल्ममा अस्तित्व भट्टचन, खड्क बहादुर पुन, अरुण मगर लगायतको पनि अभिनय छ । एम मिडिया प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्मलाई गोविन्द शाहीले वितरण गर्नेछन् ।