राजेन्द्र लिङ्देनलाई रेखाको जवाफ–‘देशको माया हुनेहरुले सन्तान अमेरिकामा किन राखेको ?
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र नायिका रेखा थापाबीच सामाजिक संजालमा जुहारी नै चलेको छ । एकले अर्काको नाम नलिई यी दुईले एक अर्कालाई कटाक्ष गरिरहेका छन् ।
शनिबार आयोजित एक कार्यक्रममा लिङदेनले रेखाको नाम नलिई एक जना कलाकार पहिलो सन्तान जन्माउन अमेरिका पुगेको भन्दै राष्ट्रियताको प्रश्न उठाएका थिए ।
लिङ्देनको यो व्यङ्ग्यपछि रेखाले सामाजिक सञ्जालबाटै जवाफ फर्काएकी छिन् । उनले लेखेकी छिन्–‘देशको माया हुनेहरूले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो । अमेरिकामा किन राखेको ?’
यस्तै, रेखाले अर्को ट्विट गर्दै लेखेकी छिन्–‘राष्ट्रवादी हुने अभियानको पछिल्लो किस्ता नाटकको बेलुन कोशीमा भ्वाँङ्ग परेपछि, बिरालोहरु खाँबो कोतर्दै छन् रे त । आफ्नो छोरा मिसनरी स्कुल पढाउने, छोरी अमेरिका पठाउने अनि जनताको बीचमा गएर सबैलाई उपदेश दिने नैतिकता कस्तो हो कुन्नि ?’
प्रतिक्रिया