निफको जुरीमा प्रदीप, दीया र किशोर मनोनित
नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी कमिटीमा नायक प्रदीप खड्का, नायिका दीया मास्के र साउन्ड डिजाइनर किशोर आचार्य अनुबन्धित भएका छन् । निफका अध्यक्ष केपी पाठकले प्रदीप खड्कालाई फिचर फिल्म तर्फ, दीयालाई सर्ट तथा डुकेन्ट्री तर्फ र किशोर आचार्यलाई डनकिहोटे अवार्डको निर्णायक रहने जानकारी दिएका छन् ।
यो बर्षका निर्णायक खड्का र मास्के गत सालको सँस्करणमा फिचर फिल्म विधाका अभिनेता र अभिनेत्री विधाका विजेता हुन् ।
आगामी चैत्र १ गतेदेखि ५ गतेसम्म काठमाडौंमा आयोजना हुने निफमा तीन विधामा तीन सदस्यीय जुरी रहने प्रावधान अनुरूप नेपालतर्फ जुरी सदस्यको नाम टुंगो लगाइएको आयोजकले बताएको छ । यी विधामा दुई जना जुरी विदेशी फिल्मीकर्मी हुनेछन् ।
विदेशीबाट सहभागी हुने जुरीको नाम केही समयमा नै सार्वजनिक गरिने अध्यक्ष पाठकले जानकारी दिएका छन् । यो बर्षको सँस्करणमा ४० देशका ८८ वटा लामा, छोटा तथा वृत्तचित्र प्रदर्शन हुनेछन् । महोत्सवमा प्रदर्शन हुने फिल्म क्यूएफएक्स सिनेमाका उपत्यकाका शाखाहरूमा प्रदर्शन गरिनेछ ।
प्रतिक्रिया