‘पुजार सार्की’मा यस्तो छ आर्यन, प्रदीप र पलको गेटअप
फिल्म ‘पुजार सार्की’को फस्टलुक सार्वजनिक गर्दै यसको निर्माणपक्ष छायांकनमा निस्किएको छ । फिल्मको फस्टलुक सार्वजनिक गर्दै यसको निर्माणपक्ष कास्की जिल्लाको कास्कीकोट गाउँतर्फ लागेको छ । फिल्मको फस्टलुकमा चकलेटी नायकको रुपमा चिनिएका नायकत्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई प्रस्तुत गरिएको छ ।
फिल्मको फस्टलुकमा यी तीन जनाको गेटअप विल्कुलै फरक छ । यसबाट पनि फिल्म कुन सेटअपमा बन्न लागेको छ भन्ने थाहा हुन्छ । रोयल भीमसेनले तयार पारेको पोस्टरबाट पनि यो फिल्मको सेटअप अहिलेको नभइ केही बर्ष अगाडिको हो भन्ने बुझ्न सकिन्छ ।
फिल्ममा नायिकाद्धय अन्जना बराइली र परीक्षा लिम्बुको पनि मुख्य भूमिका छ । साथमा फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली लगायतका कलाकारको अभिनय छ ।
विकास सुवेदीले लेखेको फिल्मको कथामा सुवास भुसालले लगानी गर्दैछन् । यो फिल्ममा सुप्रिम पराजुलीको सम्पादन, हिमाल केसीको एक्सन निर्देशन रहनेछ । किङ्डम नेटवर्कको ब्यानरमा निर्माण हुने फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।
प्रतिक्रिया