७ बर्षमा खल्ती, नेपाली फिल्मलाई फाइदै–फाइदा
खल्ती एपले स्थापनाको सात बर्ष पुरा गरेको छ । यो सात बर्षमा खल्ती एपले ग्राहकको विश्वास र माया पाइरहेको छ । खल्तीले विगत ३ बर्षदेखि नेपाली फिल्मको प्रमोसनमा पनि सहकार्य गर्दै आएको छ । यो सहकार्य नेपाली फिल्म र खल्तीका लागि सुखद बनिरहेको छ ।
३ बर्षमा खल्तीले ४० भन्दा बढी नेपाली फिल्मसँग सहकार्य गरेको छ । यो सहकार्यले खल्तीसँगै नेपाली फिल्मका निर्माता र कलाकारले पनि राम्रो फाइदा लिन सकेका छन् ।
खल्तीले केही नेपाली फिल्मको टिकट काट्दा ३५ प्रतिशतसम्मको हिस्सा लिँदै फिल्मको व्यापारमा ठूलो सहयोग गरेको छ । यस्तै, फिल्म प्रमोसनमा पनि खल्ती एपले निरन्तर सहकार्य गर्दै आइरहेको छ ।
खल्तीले फिल्म ‘परस्त्री, हल्कारा, बिहे पास, छड्के २, छक्का पन्जा ४’ लगायतका फिल्म रिलिजका क्रममा १० प्रतिशत क्यासब्याकको अफर ल्याएको थियो । यस्तै, फिल्म ‘बहाव’को रिलिजका क्रममा क्विज समेत राखेर खल्तीले प्रमोसन गरेको थियो । खल्तीले फिल्म ‘महापुरुष’ रिलिजका क्रममा ‘आफ्नो महजोडी’को तस्विर खिचाएर ट्याग गर्न आग्रह गर्दै यो फिल्मको २ वटा टिकट जित्ने अवसर समेत प्रदान गरेको थियो ।
फिल्म बहावका निर्माता श्रीधर पौडेलले भने–‘खल्तीले नेपाली फिल्मलाई साथ दिन थालेपछि नेपाली फिल्मको मार्केटिङ नयाँ ढंगले अगाडि बढेको छ । हाम्रो फिल्म बहावको रिलिजका क्रममा पनि खल्तीले दिएको साथले महत्वपूर्ण प्रभाव पारेको थियो । यसैले, म खल्तीलाई सिंगो नेपाली फिल्मको तर्फबाट धन्यवाद र बधाई दिन चाहन्छु ।’
फिल्म ‘फूलबारी’सँग पनि खल्तीको सहकार्य भयो । खल्ती एपबाट ५० सेकेन्डमै फिल्मको टिकट काट्न सकिन्छ । यसैले, फिल्मको टिकट खरिदमा यो एप आएपछि दर्शकलाई निकै नै सहज हुने गरेको छ । यसको फाइदा नेपाली फिल्मले उठाएका छन् । फिल्म हेर्नका लागि प्रोत्साहन दिने उद्देश्यले खल्तीले थुप्रै अफरहरू समेत सार्वजनिक गर्यो ।
खल्तीबाट ५१ वटा हलहरुका १२० वटा पर्दामा सहजै टिकट काट्न सकिने भएकाले पनि दर्शकलाई निकै सहज भएको छ ।
खल्तीले ल्याएको विभिन्न योजनामा नेपाली फिल्मका नाम चलेका कलाकारहरूले पनि सहकार्य गरे । जसबाट खल्तीका कारण दर्शक र कलाकारबिचको दुरीलाई नजिक बनाउन निकै मद्दत गरेको छ ।
७ बर्षको यात्राका क्रममा ग्राहकको राम्रो साथ पाएको खल्तीले आगामी दिनमा पनि नेपाली फिल्मसँगको सहकार्यलाई निरन्तरता दिने बताएको छ ।
प्रतिक्रिया