गोवामा योग गुरु नम्रताको विकिनी अवतार
नम्रता सापकोटाको परिचय अब नायिका मात्र रहेन । उनी, योग गुरु पनि भइसकेकी छिन् । केरलाको शिवानन्द आश्रमबाट उनले योगा सिकेकी हुन् ।
यही आश्रमबाट उनले योगा गुरुको प्रमाणपत्र समेत लिएकी हुन् । नम्रताका अनुसार, उनले ‘वर्ल्ड क्लासिक’ योगा सिकेकी हुन् । २ महिना शिवानन्द आश्रममा बसेर उनले योगाको कोर्स पुरा गरेकी हुन् । कोर्स पुरा गरेपछि उनले ‘अम्मा आश्रम, नृत्यानन्द आश्रम’ लगायतमा पुगेकी थिइन् । यसपछि, आफू एक साता गोवामा फ्रेस हुन पुगेको उनले बताए ।
भारतको गोवामा एक साता बसेर नेपाल फर्किएकी नम्रताको बोल्ने र सोच्ने शैली पनि फेरिएको छ । उनी, अब जिन्दगीलाई नायिकाको नजरबाट मात्र हेरिरहेकी छैनन् । उनी, ध्यान र योगाका बारेमा पनि थुप्रै कुरा गर्न सक्ने भएकी छिन् ।
तर, पनि नम्रताको मनबाट नायिकाको हुटहुटी बाहिरिने त कुरै भएन । केरलामा योग गुरुको अवतारमा प्रस्तुत भइरहँदा नम्रता गोवामा भने विकिनी अवतारमा पनि प्रस्तुत भइन् ।
विदेश गइसकेपछि समुद्री तटमा विकिनी अवतारमा नायिकाहरू प्रस्तुत हुनु नयाँ कुरा होइन । नम्रताले आफू २ महिना योग र ध्यानमा व्यस्त भएपछि फ्रेस हुन गोवा पुगेको मेरो फिल्मलाई जानकारी दिएकी छिन् ।
प्रतिक्रिया