गीत गाउन मलाई एआइले मद्दत गरिरहेको छः केपी ओली
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सबै प्रकारका गीतहरू मनपर्ने बताएका छन् । ‘बा’ नामक युट्युब च्यानलमा सार्वजनिक भएको नयाँ भिडियोमा ओलीले गीतसङ्गीतको बारेमा कुरा गरेका हुन् ।
उनले भनेका छन्–‘म प्रायः मेलोडी गीतहरू सुन्छु । मिहिनेतबाट मात्र प्रस्तुत गर्न सकिन्छ भन्ने गीतहरू मलाई बढी मनपर्छ । तर, मलाई सबै संगीतकार, गीतकार, गायक–गायिका मनपर्छ । म गीत संगीत जान्दिन तर अरूले गाएको मन पराउँछु ।’
नेता ओलीले अहिले आफूलाई गीत गाउनका लागि एआई प्रविधिले सहयोग गरिरहेको पनि उल्लेख गरेका छन् । सामाजिक संजालबाट ओलीको स्वर भन्दै थुप्रै गीतहरू सार्वजनिक भइरहेका छन् । एआई प्रविधिबाट तयार पारिएका यस्ता गीतहरूको विषयमा समेत पूर्व प्रधानमन्त्री पूर्ण रुपमा जानकार छन् ।
प्रधानमन्त्री हुँदा ओलीले कहिले सारंगी रेटेको त कहिले मादल बजाएको भिडियोहरू सार्वजनिक भएका थिए । नेपाली गीतसंगीत र कला क्षेत्रसँग ओली निकै नै जानकार मानिन्छन् । तर, उनले आफूलाई गीत गाउन भने नआउने बताएका छन् ।
प्रतिक्रिया