उत्साहित आँचल
चैत्रको ३० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘डिग्री माइला’को छायांकन सकिएको छ । छायांकन सकिँदै गर्दा नायिका आँचल शर्माले एउटा उत्कृष्ट टिमसँग काम गर्न पाएको खुशी व्यक्त गरेकी छिन् ।
नेपाली फिल्म क्षेत्रमा ब्लकबस्टर निर्देशक रामबाबु गुरुङ र सुपरस्टार नायक दयाहाङ राईसँग पहिलो पटक सहकार्य गर्न पाउँदा आँचल उत्साहित छिन् । यो फिल्मको व्यापार आँचलको करिअरका लागि नयाँ कोशेढुुंगा बन्न सक्छ । किनकी, फिल्म ‘कबड्डी ४’मा काम गरेपछि मिरुना मगरको करिअर नै बदलिएको छ ।
फिल्मको १९ दिन लामो सेकेन्ड सेड्यूल सकेपछि निकै नै दंग रहेकी आँचलको हातमा फिल्मको लाइनअप पनि लामो छ । उनले, अब फिल्म ‘एक मुठ्ठी बादल’मा काम गर्नेछिन् । यस्तै, उनले फिल्म ‘राजमहल’मा पनि काम गर्ने पक्का भइसकेको छ ।
यतिमात्र होइन, आँचलले अर्को एक आशातीत प्रोजेक्ट साइन गरेको वुझिएको छ । यो बारेमा आँचलले भने केही पनि बताएकी छैनन् ।
यसरीहेर्दा, आँचलको लाइनअपमा ४ वटा फिल्म छन् । जसले, उनको करिअरलाई फरक दिशामा मोड्न सक्छ । आँचल भने राम्रो टिमसँग काम गर्न पाउँदा खुशी देखिएकी छिन् ।
प्रतिक्रिया