‘एैँचो पैँचो’पछि नयाँ फिल्मको तयारीमा कृषा, ‘हुस्सु’ खोज्दै चितवनमा

भदौ महिनामा फिल्म ‘एैँचो पैँचो’ रिलिज भएपछि निर्देशक कृषा चौलागाईंले यसको सिरिज बनाउने चर्चा थियो । तर, कृषाले नयाँ फिल्मको घोषणा तत्काल गरिनन् । 

उनले केही दिन अगाडि फिल्मका लागि कलाकारहरूको अडिसन भइरहेको भिडियो आफ्नो सामाजिक संजालमा पोष्ट गरेकी थिइन् । उनै, कृषा अहिले लोकेशनको खोजीमा चितवन पुगेकी छिन् । 

उनको साथमा लेखक प्रदीप भारद्वाज, कलाकार प्रमोद अग्रहरी र छायांकार पुरुषोत्तम प्रधान पनि छन् । कृषा केही दिनमा नै फिल्मको घोषणा गर्ने तयारीमा छिन् । 

कृषाले फिल्मको बारेमा केही पनि बताएकी छैनन् । तर, फिल्मका लागि अहिले लोकेशनको खोजीमा नवलपरासी र चितवनमा उनको टिम देखिएको छ । 

यो फिल्मको छायांकन दुई सेड्यूलमा हुने वुझिएको छ । पहिलो सेड्यूल जाडोमा र दोस्रो सेड्यूल गर्मीमा हुनेछ । ‘हुस्सु’मा फिल्म खिच्नु पर्ने भएकाले कृषा पहिलो सेड्यूल माघ महिनामा नै सुरु गर्ने तयारीमा छिन् । यसपछि भने, दोस्रो सेड्यूलको छायांकन वैशाखमा गर्ने तयारी उनको छ । 

‘एैँचो पैँचो’ फिल्मबाट मिश्रित प्रतिक्रिया पाएकी कृषाले अब दोस्रो फिल्ममा सुधार गर्दै निर्देशन गर्ने आवश्यक छ । कृषा यसका लागि दौडधूप गरिरहेकी छिन् ।