पत्रकार पन्थीको पुस्तक अमेरिकाको विश्वविद्यालयमा

नेपाली पत्रकार किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेवल’ एकोर्ड युनिभर्सिटीको मास्टर डिग्रीको पाठ्यक्रममा समावेश गरिएको छ । खसोखास डटकमका प्रधान सम्पादक समेत रहेका पत्रकार पन्थीको पुस्तकका सामग्रीका कारण विद्यार्थीहरूलाई वास्तविक जीवनको परिदृश्यमा उनीहरूको आलोचनात्मक सोच क्षमताहरुको विश्लेषण कसरी गर्न सकिन्छ भन्ने विषयमा ज्ञान हुने विश्वास विश्वविद्यालयको छ । 

अमेरिकामा रहेर पत्रकारिता गर्दै आएका पन्थी अध्यागमन पत्रकारितामा दख्खल राख्छन् । पन्थीले यो पुस्तक नेपालको भुकम्प र त्यसका भावानात्मक सम्बन्धसँग चर्चा गर्दै लेखेका थिए । 

पन्थीले अमेरिकी अध्यागमनसँग केन्द्रित रहेर पुस्तक जिरो माइल समेत लेखिसकेका छन् । पुस्तक पाठ्यक्रममा समावेश भएपछि विश्वविद्यालयले पन्थीसँग विद्यार्थीहरूको उपस्थितिमा अन्तरक्रिया समेत गरेको छ । पन्थीलाई अमेरिकाको सिका विश्वविद्यालयले मानार्थ विद्यावारिधिबाट पनि सम्मानित गरिसकेको छ । पन्थीका अन्य पुस्तकहरू पनि विभिन्न विश्वविद्यालयका पाठ्यक्रममा समावेश छन् ।