‘झोला’ निर्देशकको ‘झिल्को’ घोषणा, सुनिल र वर्षा पर्दामा

फिल्म ‘झिल्को’को शुभसाइत गरिएको छ । गौशालास्थित गुह्वेश्वरी मन्दिरमा पूजा गर्दै फिल्म निर्माणको जानकारी दिइएको हो । 

यो फिल्मलाई सामाजिक र पारिवारिक कथामा निर्माण गरिने निर्माणपक्षले बताएको छ । यो फिल्मको छायांकन यही महिनाबाट सुरु हुनेछ । 

यो फिल्मलाई यादवकुमार भट्टराईले निर्देशन गर्दैछन् । फिल्म ‘झोला’ निर्देशन गरेर भट्टराई चर्चामा आएका थिए । आफ्नो तेस्रो फिल्मको काम अगाडि बढाउँदै गर्दा भट्टराई  उत्साहित देखिए । 

मिडिया फर कल्चरल ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा सुनील पोखरेल, विशाल पोखरेल, भोलाराज सापकोटा, वर्षा सिवाकोटी र बाल कलाकार आयुषी ढकाल मुख्य भूमिकामा देखिनेछन् । 

फिल्ममा निर्देशक भट्टराईसँगै अरुण देव जोशी र कवि देव व्रतको संवाद तथा पटकथा, दीपक बज्राचार्यको छायांकन, आनन्द अधिकारीको गीत, चण्डी प्रसाद काफ्लेको संगीत रहनेछ ।