धिरज र उपासनाको ‘खुस्मा’को शुभसाइत, पृथक लभस्टोरी बन्ने दाबी
नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीलाई मुख्य भूमिकामा अनुबन्धित गर्दै फिल्म ‘खुस्मा’ निर्माणको घोषणा गरिएको छ । यो फिल्मको आज शुभ साइत गरियो । फिल्मको शीर्ष भूमिकामा भने उपासनाले काम गर्ने छिन् । अशोक थापा मगरले निर्देशन गर्ने यो फिल्मलाई रुकुममा खिचिनेछ । यो फिल्मलाई दुई सेड्यूलमा खिचिने निर्माणपक्षले बताएको छ ।
फिल्ममा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई र सुस्मिता बुढाथोकीको लगानी रहनेछ । यो फिल्ममा एस डी योगीको संगीत, दीपक बज्राचार्यको छायांकन रहनेछ । फिल्ममा अस्तित्व भट्टचन, खड्का बहादुर पुन, अरुण मगर लगायतका कलाकारको पनि अभिनय रहनेछ । एम मिडिया प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्मलाई गोविन्द शाहीले वितरण गर्नेछन् ।
फिल्मको शुभ साइत समारोहमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी उत्साहित देखिए । मिडियासँग कुरा गर्दै उपासनाले आफूले अहिलेसम्म काम गरेका फिल्म भन्दा विल्कुलै फरक कथामा यो फिल्म बन्न लागेको बताइन् । यस्तै, नायक धिरज मगरले पनि एउटा चोखो प्रेमकथामा यो फिल्म बन्न लागेको बताए ।
यी दुवै कलाकार एक अर्कासँग पर्दा सेयर गर्न पाउँदा उत्साहित छन् । धिरज आफूलाई मनपर्ने कलाकार भएको भन्दै उपासनाले पहिलो पटक पर्दा सेयर गर्न पाउँदा उत्साहित रहेको बताइन् ।
निर्देशक मगरले द्वन्द्वकालको प्रेमकथा फिल्मले भन्ने बताए । तर, उनले द्धन्द्धलाई भने फिल्ममा समावेश नगरिएको उल्लेख गरे ।
प्रतिक्रिया