यी हुन् विराजका छोरा, जसले ‘१२ गाउँ’बाट डेब्यू गर्दैछन्
नायक विराज भट्टले आफ्ना छोरा समीर भट्टलाई फिल्म ‘१२ गाउँ’बाट डेब्यू गराउने पक्का भएको छ । यो फिल्मको निर्देशन विराज आफैले गर्दैछन् ।
विराजका छोरा समीर भारतमा रहेर मार्सल आर्ट, नृत्य र अभिनयको तालिम लिइरहेका छन् । सुरुवातमा विराजले यो फिल्मबाट आफ्ना छोरालाई डेब्यू नगराउने सोच बनाएका थिए । तर, फिल्मको कथामा समीर फिट हुने भएपछि उनले छोरालाई डेब्यू गराउने पक्का भएको हो ।
यो फिल्मको छायांकन फागुनबाट सुरु गर्ने तयारी विराजको छ । विराजले फिल्मको कथावस्तुबारे केही पनि बताएका छैनन् ।
विराजले लामो समयदेखि आफ्ना छोरालाई मिडियाबाट लुकाइरहेका थिए । तर, छोराको डेब्यू पक्का भएपछि उनले तस्विर समेत मिडियाबाट सार्वजनिक गरेका छन् ।
यो फिल्ममा विराजले पनि अभिनय गर्ने बताइएको छ । फिल्मका लागि अन्य कलाकार भने फाइनल भएका छैनन् । यो फिल्ममा सन्तोष सरकारको कथा तथा पटकथा छ ।
समीर दक्षिण भारतीय फिल्म र बलिउड फिल्ममा प्रवेश गर्नका लागि प्रयासरत छन् । समीरको प्रवेशले नेपाली फिल्म क्षेत्रमा देखिएको नायकको अभावलाई पुर्ती गर्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया