२० करोड पटक हेरिने पहिलो नेपाली गीत बन्यो ‘कुटुमा कुटु’
फिल्म ‘दुई रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ बोलको गीतले युट्युबमा नयाँ रेकर्ड कायम गरेको छ । यो गीतले युट्युबमा २० करोड पटक हेरिने पहिलो नेपाली गीतको रेकर्ड राखेको हो ।
राजनराज सिवाकोटीको शब्द, संगीत र स्वरमा समावेश यो गीत ७ बर्ष अगाडि रिलिज गरिएको थियो । यसपछि, निरन्तर रुपमा यो गीतले नयाँ नयाँ रेकर्ड बनाउँदै गएको थियो ।
यो गीतमा राजनराजको अलवा मेलिना राई र राजन इशानको पनि स्वर छ । गीतको भिडियोमा नायिका स्वस्तिमा खड्काले नृत्य गरेकी छिन् । स्वस्तिमा दर्शकमाझ यो गीत सार्वजनिक भएपछि अझै लोकप्रिय बनेकी थिइन् । भिडियोमा कलाकारद्वय निश्चल बस्नेत र असिफ शाहको पनि नृत्य हेर्न सकिन्छ । यो गीतले फिल्मको व्यापारमा पनि निकै मद्दत गरेको थियो ।
गीतले २० करोड भ्यूज पाएपछि खुशी व्यक्त गर्दै संगीतकार, गीतकार तथा गायक राजनराज सिवाकोटीले गीत लेख्दाको समय र अनुभव सेयर गरेका छन् । उनले, सन् २००८ को जनवरी महिनाको १ तारिखको मध्यरातको १२ बजे आफूले यो गीत लेखेको उल्लेख गरेका छन् ।
राजनराजले सरस्वती माताको आर्शिवादले एउटा सिर्जना जन्मिएको र यति धेरै प्रेम पाएको भन्दै खुशी व्यक्त गरेका छन् ।
प्रतिक्रिया