नरेश र सुन्दरको स्वरमा ‘अब अर्को जुनीमा’ सार्वजनिक

नरेश बुढाथोकी र सुन्दर मगरको स्वर रहेको गीत ‘अब अर्को जुनीमा’ मा सार्वजनिक गरिएको छ ।  

आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा गायक मगरकै शब्द र सङ्गीत रहेको छ ।

गीतको सार्वजनिक भिडियोमा दिलाशा बस्नेत, सागर लम्साल ‘बले’, सृष्टी तिमल्सिना, शुभम श्रेष्ठ (मिराकल) लगायतले अभिनय गरेका छन् । नेपट्युन इन्टरटेन्मेन्ट एलएलसी नामाक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा अमेरिकाको मनोरम दृश्यलाई समेटिएको छ ।

पत्रकार सम्मेलनमा गायक बुढाथोकी र मगरसहित निर्देशक शिशिर खाती, कलाकार सागर लम्सालसहित गायक दुर्गेस थापाको उपस्थिति रहेको थियो ।

गीतकार तथा गायक मगरले गीतलाई आधुनिक शैलीमा यो गीत तयार पारिएको बताए । 'गीतले प्रेमभाव व्यक्त गर्नुका साथै जीवनको महत्वलाई दर्शाएको छ । यसले रोमान्टिक फिल दिनुका साथै महत्वपूर्ण कथा पनि व्यक्त गरेको छ', उनले भने ।

गायक बुढाथोकीले अडियोमा झैँ भिडियोमा समेत मेहनत गरिएको बताए । यसमा यो जुनीमा बाँकी रहेका ईच्छालाई अर्को जुनीमा पुरा गर्ने भाव व्यक्त गरिएको छ ।' गायक बुढाथोकीले भने, 'विदेशमा छायांकन भएता पनि भिडियोलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखिएको छैन । यो सँगै गरिएका केही सहकार्यहरू अव विस्तारै सार्वजनिक हुनेछन् ।'

भिडियोमा देखिएका कलाकार मध्येका एक कलाकार सागरले पहिलो पटक अमेरिका पुगेर भिडियोमा अभिनय गरेको स्मरण गरे । 'छ दिनका लागि अमेरिका पुगेर गीतमा अभिनय गरेर फर्किए । संवत यसरी अभिनय गर्ने कलाकार म नै पहिलो होला', सागरले भने,'मैले काम गर्दा निर्माण टिमले नेपाल झैँ सहजता दिनुभयो । मैले सक्दो मेहनत गरेको छु ।

गीतमा उनले गम्भीर भावलाई प्रस्तुत गरेको बताए । सार्वजनिक भिडियोमा हेयर एण्ड मेकअप समिता श्रेष्ठ, कलर राजेन्द्र मोक्तान, सम्पादन मनोज कार्की, गीएफएक्स सन्तोष डिजाइन, निर्देशन र छायांकन शिशिर खातीले गरेका छन् । गीतलाई दिलाशा बस्नेतले निर्माण गरेका हुन् ।