गायक जीवन दाहालको 'हङकङको लाउरे' सार्वजनिक

'हङकङको लाउरे' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

जीवन दाहाल, राजन कार्की, रमा गौतम र मधु थापाको संयुक्त आवाज रहेको गीतमा राजन कार्कीको शब्द, संगीत संकलन रहेको छ । 
यस्तै गीतमा यम थापा मगरको म्युजिक एरेन्ज रहेको छ । 

सार्वजनिक हङकङको लाउरे गीतको भिडियोमा राजेश पौडेल र मधु थापा मगरको अभिनय रहेको छ । 

राजन कार्कीको कन्सेप्ट तथा निर्देशन रहेको भिडियोलाई अमृत चापागाँइले कलर र सम्पादन गरेका छन् ।