भिडियो पसल एपमा रिलिज 'चिसो मान्छे'
फिल्म 'चिसो मान्छे' नेपाली ओटिटी प्लेटफर्म भिडियोपसल एपमा रिलिज भएको छ ।
नयाँ वर्ष २०२४ को अवसर पारेर विदेशमा रहेका नेपाली लक्षित गरेर फिल्म रिलिज गरिएको हो । यो फिल्म अहिलेका लागी नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ ।
कोरोना भाइरस रोग (कोभिड-१९) को समयमा रिलिज भएको 'चिसो मान्छे' लाई दर्शक र समीक्षकले निकै नै मन पराएको थिए । दीपेन्द्र के खनाल निर्देशित 'चिसो मान्छे'मा अर्पण थापा, स्वस्तिमा खड्का , देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।
फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । कर्णाली क्षेत्रको कथा भन्ने यो फिल्ममा मानिसमा देखिएको नैरश्यताको कथालाई प्रस्तुत गरिएको छ ।
'चिसो मान्छे' फिल्म विदेशमा बस्ने धेरै दर्शक माझ नपुगेको हुनाले फिल्मको माग उच्च रहेको भिडियोपसलका सह-संस्थापक नेहा कार्की बताउँछिन्।
सबै स्मार्ट डिभाइसमा भिडियोपसल एप डाउनलोड गरी फिल्म हेर्न सकिन्छ । भिडियो पसलमा २.९९ डलर देखी ५ .९९ डलरसम्म विभिन्न प्याकेज लिई 4K गुणस्तरमा पनि फिल्म हेर्न सकिन्छ । विदेशबाट एप्पल पे, गुगल पे, पेपल, डेबिट-क्रेडिट कार्डबाट पैसा तिरेर फिल्म हेर्ने व्यवस्था गरिएको छ ।
२०१७ देखी सञ्चालनमा रहेको 'भिडियो पसल'मा यस अघि 'छक्का पन्जा ४' र 'झिङ्गेदाउ' लगायतका फिल्महरू रिलिज भई सकेका छन् । एपमा फिल्म सँगै अन्य सर्ट फिल्महरू पनि उपलब्ध छन् ।
प्रतिक्रिया