योगा टिचर नम्रता

नायिका नम्रता सापकोटा अभिनित फिल्म ‘नम्बरी सुन’ माघमा रिलिज हुँदैछ । फिल्मको गीत रिलिज भएपनि यसले खासै चर्चा पाउन सकेन । 

नम्रताले अभिनय गरेको फिल्म ‘डेसान’ गतबर्ष बक्स अफिसमा असफल भयो । नम्रताको हातमा फिल्मको अफर खासै छैन । तर, उनी योगा र ध्यानमा आफूलाई बढी केन्द्रित गरिरहेकी छिन् । 

उनै, नम्रता गोवामा पुगेर योगामा रमाइरहेकी छिन् । उनले, आफू अब योगा टिचर भएको पनि जानकारी गराएकी छिन् । 

गोवाको विचमा पुगेर नम्रताले योगा समेत गरेकी छिन् । योगा र ध्यानमा लागेपछि नम्रताको जीवन शैली फेरिएको प्रष्ट देख्न सकिन्छ ।