‘बेहुली फ्रम मेघौली’मा निश्चल र स्वस्तिमाको जोडी
फिल्म ‘दिमाग खराब’का लेखक आकाश बरालले नयाँ फिल्मको निर्देशन गर्ने भएका छन् । उनले निर्देशन गर्न लागेको डेब्यू फिल्मको नाम ‘बेहुली फ्रेम मेघौली’ राखिएको छ । यो फिल्मको हाल लोकेशन हेर्ने काम भइरहेको छ ।
फिल्मको छायांकन चैत्र महिनाबाट चितवनमा गर्ने तयारी निर्माणपक्षको छ । मेघौली चितवनको चर्चित पर्यटकिय स्थल मानिन्छ ।
यो फिल्मको कथा बरालले नै लेखेका हुन् । उनले साजन काफ्लेसँग लेखनमा सहकार्य गरेका छन् । रोमान्टिक कथामा तयार हुने फिल्मका लागि मुख्य कलाकारमा निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का फाइनल भइसकेका छन् । अन्य कलाकारहरूको जानकारी केही समयपछि दिने निर्माणपक्षले बताएको छ ।
निश्चल र स्वस्तिमाले फिल्म ‘घामड शेरे र दिमाग खराब’मा एकसाथ काम गरेका थिए । यो बर्षको सुपरहिट फिल्म ‘दिमाग खराब’ निर्देशन गरेका निश्चलले अर्को फिल्म पनि निर्देशन गर्ने तयारी गरेका छन् । यसअघि उनले आकाशको फिल्ममा काम गर्न लागेको वुझिएको छ ।
प्रतिक्रिया