कुसुमलाई हिट हुन प्रकाश नै चाहिने

मोडल कुसुम शर्माले गायक प्रकाश सपुतसँग ‘सकम्बरी’ बोलको गीतमा काम गरिन् । यसपछि, त उनको चर्चा निकै चुलियो । दर्शकले उनलाई कुसुम भन्दा पनि बढी ‘सकम्बरी’को रुपमा चिन्न थाले । आजको दिनमा पनि उनी दर्शकको नजरमा ‘सकम्बरी’कै रुपमा परिचित छिन् ।
यसपछि, उनलाई भिडियोको अफर ह्वात्तै बढ्यो । उनले, लगालग भिडियोमा काम पनि गरिन् । तर, उनको चर्चा खासै भएन । उनले, नायक आर्यन सिग्देलसँग ‘सञ्जीवनी’ फिल्म साइन गरिन् । यो फिल्म अझै पनि बन्ने सुरसार छैन ।
यो बीचमा उनले काम गरेका कुनै पनि गीतले उनलाई चर्चा दिएनन् । उनले, पनि अफर आएका धेरै जसो गीतमा काम गरिन्, राम्रै पैसा कमाइन् ।
उनै, कुसुमले गायक सपुतसँग अर्को गीतमा अभिनय गरेकी छिन् । ‘मुटु कटक्कै’ बोलको गीतमा उनले काम गरेकी छिन् । यो गीतमा उनको भूमिका ‘सकम्बरी’को जस्तै पावरफुल त छैन । तर, गीतले राम्रो भ्यूज पाइरहँदा उनको चर्चा बढ्नु स्वाभाविक नै हो ।
उनको केही दिन अगाडि ‘चाहन्छु ५’ पनि सार्वजनिक भएको छ । तर, यो गीतको भ्युज दयनीय छ । प्रकाशसँग भने उनी छाइरहेकी छिन् ।
कुसुमलाई हिट हुनका लागि प्रकाश नै चाहिने हो कि भन्ने देखिएको छ ।

सौगात सृष्टि इन्गेजमेन्ट !

‘कमेडी दरबार’माथि बारम्बार किन आक्रोशित शोभित ?

सुलक्षण भारतीको ‘स्टन्डबाजी’, बोल्न नपाएपछि अतिथीलाई पर्खाउन मिल्छ ?

प्रेममा कुसुम !

प्रियंका ‘ममी’को प्रचार गर्दैछिन् कि नोराको गीतको ?

के राजनराजसँग गीतको स्टक सकिएको हो ?

बिहे भएको ६ महिनामै अरुणिमाको डिभोर्स !

प्रतिक्रिया