अनमोलको संकेत कता ?

नायक अनमोल केसीले अभिनय गरेको फिल्म ‘फर्की फर्की’ जेठको ११ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मका तस्विरहरू नायक केसी र निर्माता रोहित अधिकारीले सामाजिक संजालबाट सार्वजनिक गरिरहेका छन् ।
यसैबिच, नायक केसीले सामाजिक संजालबाट एक तस्विर सार्वजनिक गरे । तस्विरमा उनी धुम्रपान गरिरहेका छन् । अनमोलको यो तस्विरले पनि उनको गेटअपको छनक उनका फ्यानहरुलाई दिएको छ ।
तर, तस्विरसँगै अनमोलले सामाजिक संजालमा लेखेको क्याप्सनमा धेरैको ध्यान गएको छ । अनमोलले लेखेका छन्–‘याद गर्नुहोस् कि तपाइलाई तल देखाउन खोज्ने मानिसहरू पहिले नै तपाई भन्दा तल छन् ।’
अनमोलले फिल्मको कुनै संवाद लेखेका हुन् या आफ्नो कुभलो चिताउनेहरूलाई स्टाटस मार्फत नयाँ पाठ सिकाउन खोजेका हुन्, त्यो उनले नै जान्ने कुरा भयो । तर, अनमोलले आफूलाई तल ल्याउन खोज्नेहरू पहिले नै आफू भन्दा तल रहेको भन्दै खुट्टा तान्न खोज्नेहरूलाई चेतावनी भने दिएका छन् ।

सुलक्षण भारतीको ‘स्टन्डबाजी’, बोल्न नपाएपछि अतिथीलाई पर्खाउन मिल्छ ?

प्रेममा कुसुम !

प्रियंका ‘ममी’को प्रचार गर्दैछिन् कि नोराको गीतको ?

के राजनराजसँग गीतको स्टक सकिएको हो ?

बिहे भएको ६ महिनामै अरुणिमाको डिभोर्स !

दिव्यालाई डेब्यूमै सकस

महोत्सवमा दुर्गेशसँगै नाचे दीपक र दीपा

प्रतिक्रिया