यस्तो छ दया र दीया फिचर्ड दयारानीको 'चोरी चोरी' गीत
अभिनेता माओत्से गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म 'दयारानी'को गीत सार्वजनिक भएको छ ।
सोमबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको 'चोरी चोरी' बोलको गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र दीया पुन फिचर्ड छन् ।
मनोज थापा मगरको संगीत तथा हर्क साउँदको शब्द रचना रहेको गीतमा संगीतकार थापा मगर र सदिक्षा कट्टेलको स्वर सुन्न सकिन्छ ।
अभिनेता माओत्से गुरुङले यही फिल्मबाट निर्देशनमा डेव्यु गरेका हुन् ।
बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् ।
फिल्ममा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, र्शिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।
मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । फिल्मको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् ।
आगामी माघ २६ गतेबाट नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउने फिल्मलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।
प्रतिक्रिया