सिक्किममा किन हुँदैछ राजेश पायल राईको चर्को विरोध ?

गायक राजेश पायल राई आज सिक्किममा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुँदैछन् । तर, राजेश पायल राइको कार्यक्रम आयोजना हुनु अगाडि सिक्किममा उनको चर्को विरोध भइरहेको छ । 

गेजिङ जिल्ला अन्तर्गत पेलिङमा गायक राईले आज आफ्नो प्रस्तुति दिने तयारी गरेका छन् । तर, उनी पुग्नु अगाडि नै कार्यक्रम बहिष्कार गर्नुपर्ने भन्दै सामाजिक संजालमा चर्को विरोध भइरहेको छ । 

राजेशको विरोध हुनुको मुख्य कारण उनले केही दिन अगाडि एउटा कार्यक्रममा देखाएको व्यवहार हो । पर्यटन मन्त्री सुदन किराँती समेत उपस्थित भएको एक वृक्षारोपण कार्यक्रममा गायक राईले ‘हेवेन्ली निर्वाणा पाथ अर्थात् प्रेमवाद दर्शन’को ब्यानर पनि लगाएको देखेपछि ब्यानर उतार्न आग्रह गरेका थिए ।

यदि, ब्यानर नहटाइएको खण्डमा आफूले च्यातेर फालिदिने चेतावनी दिएका थिए । गायक राइको चेतावनीपछि उक्त ब्यानर हटाइएको थियो । 

यही घटनालाई लिएर सिक्किममा उनको विरोध भइरहेको हो । गायक राई हेवेन्ली पाथको विरोधी भएको भन्दै उनलाई सिक्किमको कार्यक्रममा ल्याउन नहुने माग सामाजिक संजालमा चर्को रुपमा बढेको छ । गायक राई सिक्किम आउँदा भाइचारा खल्बलिने भन्दै सामाजिक सञ्जालबाटै चर्को विरोध गरिएको हो । 

अब, गायक राइको आजको कार्यक्रम सिक्किममा आयोजना हुन्छ या हुँदैन, हेर्न बाँकी छ ।