५१ दिनको खुशी साट्दै निश्चलले गरे ‘दिमाग खराब’को सिक्वेलको घोषणा
निर्देशक निश्चल बस्नेतको निर्देशनमा तयार भएको फिल्म ‘दिमाग खराब’ले काठमाडौंको रञ्जना सिने प्लेक्समा ५१ दिन मनाएको छ । कार्तिक २४ गतेबाट रिलिजमा आएको यो फिल्म रञ्जनासँगै अन्य केही हलमा ५१ दिनसम्म प्रदर्शन भइरहेको छ ।
फिल्मले ५१ दिन मनाएको खुशीयाली साट्न आयोजित कार्यक्रममा निर्देशक निश्चल बस्नेतले ‘दिमाग खराब’को सिक्वेल निर्माणको घोषणा गरेका छन् ।
निश्चलका अनुसार, वि.सं २०८३ सालको दशैंमा यो फिल्मको सिक्वेलको रिलिज गरिनेछ ।
वि.सं २०८४ मा हुने स्थानीय, प्रदेश र प्रतिनिधी सभा निर्वाचनलाई लक्षित गर्दै निश्चलले ‘दिमाग खराब’को सिक्वेल निर्देशन गर्न लागेको प्रष्ट वुझ्न सकिन्छ ।
फिल्म ‘दिमाग खराब’को ५१ दिने सेक्सेस कार्यक्रममा यसका निर्माता र कलाकारहरु उपस्थित थिए । फिल्मको टिमले केक काटेर खुशी साटेको हो ।
कार्यक्रममा नायकद्धय खगेन्द्र लामिछाने र दयाहाङ राई, नायिका स्वस्तिमा खड्का, कलाकार बिजय बराल, रमा थपलिया लगायतको उपस्थिती थियो ।
कार्तिक २४ गतेबाट रिलिजमा आएको फिल्मले दर्शकको राम्रो साथ पायो । यो बर्षकै सुपरहिट फिल्ममा ‘दिमाग खराब’को नाम पनि अगाडि आउँछ । यस्तै, यो बर्ष ५१ दिन मनाउने फिल्ममा ‘जारी’पछि ‘दिमाग खराब’ रहन पुग्यो ।
प्रतिक्रिया