‘ह्रस्व दीर्घ’को सेटमा किन नर्भस भइन् विपना ?
नायिका विपना थापा चितवन र नवलपरासीमा छायांकन भइरहेको फिल्म ‘ह्रस्व दीर्घ’को सेटमा जोडिएकी छिन् । फिल्मको सेटमा पुग्दा आफू नर्भस भएको विपनाको भनाई छ ।
चन्द्र पन्तको निर्देशनमा नायिका नीता ढुंगानाले निर्माण गरिरहेको यो फिल्मको सेटमा जोडिँदा आफूलाई केही फरक अनुभुती भएको विपनाले बताएकी छिन् ।
विपनाले भनेकी छिन्–‘मेरो पहिलो फिल्म ‘जन्मभूमी’को सेटमा पहिलो पटक पुग्दा म यस्तै नर्भस भएकी थिएँ । अहिले पनि यस्तै भइरहेको छ । मलाई केही फरक अनुभुती भइरहेको छ ।’
विपनाले अगाडि भनिन्–‘धेरै अगाडिदेखि नै मलाई फिल्ममा काम गर्न मन लागिरहेको थियो । केही फरक प्रोजेक्ट आयो भने गर्छु भन्ने लागेको थियो । अहिले ह्रस्व दीर्घमा जोडिन पाउँदा खुशी लागेको छ ।’
विपनाले आफू लामो समयपछि फेरि फिल्ममा आउन लागेको भन्दै दर्शकको साथ र मायाको पर्खाइमा रहेको बताइन् ।
यो फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, सरोज खनाल, संचिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, गरिमा शर्मा लगायतका कलाकारको अभिनय छ ।
प्रतिक्रिया