‘एक्टर’मा राजेश हमाल ?

फिल्म ‘एक्टर’का लागि नायक राजेश हमाललाई अफर गरिएको छ । राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्मलाई थमन कुमार भण्डारीले निर्माण गर्ने भएका छन् ।

अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह-निर्मातामा एनिस भुसाल रहेका छन् ।

फिल्ममा नायक प्रदीप खड्का फाइनल भइसकेका छन् । नायिका स्वस्तिमा खड्काले पनि मुख्य भूमिकामा काम गर्ने पक्का भइसकेको बुझिएको छ । 

अब, नायक राजेश हमाल पनि फिल्ममा जोडिएको खण्डमा यसको टिम बलियो बन्नेछ । विशेष स्रोतले मेरो फिल्मलाई दिएको जानकारी अनुसार, राजेश हमाल यो फिल्मलाई लिएर सकारात्मक छन् । फिल्मको टिम युवापुस्ता हाबी भएका कारण पनि हमाल काम गर्नकालागि सकारात्मक रहेको बुझिएको छ । 

यो फिल्मको छायांकन सन् २०२४ मा सुरु गर्ने तयारी छ भने सन् २०२५ मा रिलिज गर्ने निर्माणपक्षले बताइएको छ । नायक हमालले फिल्ममा कमब्याक गर्न समय लगाइरहेका छन् । यसअघि उनलाई प्रदीपकै मुख्य भूमिका रहेको फिल्म ‘प्रेमगीत ३’मा पनि अफर गरिएको थियो । तर, उनले यो फिल्म साइन गरेनन् । उनै, हमालले फिल्म ‘सत्यम्’ नामक फिल्म साइन गरेर  वर्कशप नै गरेका थिए । तर, फिल्मका निर्माता नै फरार भएपछि यो फिल्म पनि बन्न सकेन । 

नायक हमालको कमब्याकको प्रतीक्षामा उनका फ्यानहरु छन् । हमालले नेपाली फिल्मलाई फेरि पनि लिड गर्न आवश्यक रहेको उनका शुभचिन्तकहरुले बताउँदै आएका छन् । 

अब, फिल्म ‘एक्टर’मा हमालले काम गरे भने उनका फ्यानहरुका लागि मात्र नभइ, सिंगो फिल्म क्षेत्रका लागि नै उत्साहको खबर हुनेछ ।