दोश्रो सेड्यूलमा ‘ह्रस्व दीर्घ’मा थपिए ४ कलाकार, संचितादेखि प्रशान्त जोडिए

फिल्म ‘ह्रस्व दीर्घ’मा कलाकारहरूको लाइनअप लामो देखिएको छ । निर्देशक चन्द्र पन्तको यो फिल्मको दोस्रो सेड्यूल सुरु भएसँगै केही कलाकारहरूलाई फेरि भित्राइएको छ । 

यो फिल्ममा नायिका संचिता लुइँटेलको साथमा कलाकारहरू प्रशान्त ताम्राकार, किरण केसी र बुद्धि तामाङको प्रवेश भएको छ । 

यो फिल्ममा अब झनै कलाकारको लाइनअप लामो बनेको छ । फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारीको साथमा सरोज खनाल, विपना थापा, गरिमा शर्माले काम गर्ने पक्का भइसकेको थियो । यस्तै, भारतीय कलाकारहरू प्रदीप राउत, ब्रम्हानन्दमले पनि यो फिल्ममा काम गर्ने पक्का भइसकेको छ । 

फिल्मको छायांकन चितवन र नवलपरासीमा एक महिनासम्म हुनेछ । तेस्रो सेड्यूल भने भारतमा गरिने निर्माणपक्षले बताएको छ । 

नीता ढुंगाना फिल्मसको ब्यानरमा निर्माण भइरहेको फिल्मको बजेट पनि निकै महँगो हुने देखिएको छ । फिल्मलाई हलसँगै भारतका विभिन्न भाषामा रिलिज गर्ने तयारी पनि निर्माणपक्षले गरेको छ । यस्तै, फिल्मलाई ओटिटीमा पनि रिलिज गरिनेछ ।