निखिल उप्रेतीले फिल्म कहिले बनाउँछन् ?
नायक निखिल उप्रेतीले ‘भैरव’ फिल्म निर्देशन गरेपछि नयाँ फिल्म निर्देशन गर्न सकेका छैनन् । उनले, केही बर्ष अगाडि एक फिल्म निर्देशनको सुरुवात गरेपनि, त्यो प्रोजेक्ट पुरा हुन सकेन ।
यसैले, अब निखिलले कहिले फिल्म बनाउँछन् भन्ने चासो उनका फ्यानहरुलाई छ । उसो त, निखिलले फिल्म बनाउनका लागेका खबरहरू बारम्बार सुनिन्छन् । तर, ती कुनै पनि खबरले अहिलेसम्म सार्थकता पाउन सकेका छैनन् ।
तर, अब निखिलले पारिवारिक फिल्म बनाउन लागेको वुझिएको छ । फिल्ममा उनी बाबु र नायिका संचिता लुइँटेल आमाको भूमिकामा देखिन लागेका छन् । फिल्ममा निखिलका छोरा र छोरीको पनि अभिनय रहनेछ ।
यो फिल्मले वर्तमान समयमा बालबालिकाले घटाएको घटनालाई उठाउनेछ । देशले याद गर्न नसकेको एउटा बलियो विषयलाई फिल्मको माध्यमबाट भन्ने उनको तयारी छ ।
निखिल उप्रेतीले निरन्तर फिल्म असफल भएपछि आफूलाई अध्यात्मतिर केन्द्रित गरेका थिए । तर, उनका फ्यानहरु भने उनको फिल्मको प्रतीक्षा गरिरहेका छन् ।
प्रतिक्रिया