आफूलाई फरक देखाउन जे पनि बोल्दिने रमेशजी ?

नायक रमेश उप्रेतीको करिअर नेपाल फर्किएपछि सुखद रुपमा अगाडि बढ्न सकेको छैन । उनले फिल्म ‘ऐश्वर्य र ब्रासलेट’मा काम गरेपनि उनलाई यसले खासै फाइदा दिएन । बरु, रमेश उप्रेती मिडियामा विवादस्पद बयान दिएर बेलाबखत चर्चामा आउँछन् । 

उनै, रमेशले नयाँ फिल्म ‘राजमहल’मा काम गर्दैछन् । यो फिल्मको घोषणा कार्यक्रममा रमेशले राजदरबार हत्याकाण्डको विषयमा दिएको एउटा बयानले उनलाई फेरि विवादमा तानेको छ । 

राजदरबार हत्याकाण्डको रहस्य अझै पनि गर्भमा नै लुकेको छ । यो हत्याकाण्ड कसले गरायो भन्ने कुरा खुलेको छैन । 

तर, आफूलाई फरक देखाउनका लागि रमेशले राजदरबार हत्याकाण्डमा दीपेन्द्र शाहको हात रहेको ठाडो जवाफ दिए । उनले भने–‘मेरो ठाडो कुरा के छ भने, यो हत्याकाण्डमा दीपेन्द्र सरकारको हात छ । बाहिरी देश, सीआइडी, ज्ञानेन्द्र सरकार कसैको पनि होइन । एक मात्र व्यक्ति, दीपेन्द्र सरकारको हात छ ।’

यो घटनाको अझै पनि रहस्य बाहिर आएको छैन । न त दीपेन्द्र शाहले नै राजदरबार हत्याकाण्ड गराएको भनेर कतैबाट पुष्टि भएको छ । तर, नायक रमेश उप्रेतीले भने विवादस्पद बयान दिएर आफूलाई फरक देखाउने चेष्टा गरेका छन् । 

आफूलाई फरक र सिधा कुरा गर्ने व्यक्ति भनेर पुष्टि गर्नका लागि रमेश उप्रेतीले विवादस्पद बयान दिएका छन् ।