दीपेन्द्रको ‘मेयर’मा मेयर बन्दै खगेन्द्र लामिछाने
निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा तयार हुन लागेको फिल्म ‘मेयर’मा नायक खगेन्द्र लामिछाने अनुबन्धित भएका छन् । निर्देशक खनालले फिल्ममा खगेन्द्र फाइनल भएको पुष्टि गरे ।
यो फिल्मको छायांकन माघको पहिलो साताबाट सुरु हुने खनालको भनाई छ । यो फिल्मले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको कथा भन्नेछ । तर, फिल्म भरतको बायोपिक नभएको उनको भनाई छ ।
यो फिल्मको छायांकन सर्लाहीमा नै हुनेछ । फिल्ममा सागर मैनाली र अरविसा थापाको लगानी रहनेछ । गत बर्षको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट थापा बागमती नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।
खगेन्द्र र दीपेन्द्रको यो चौथो सहकार्य हो । यसअघि उनीहरूले ‘पशुपति प्रसाद, धनपति, पशुपति प्रसाद २’मा एकसाथ काम गरेका थिए । खगेन्द्रले माघ महिनाबाट ‘मेयर’को छायांकन सुरु गर्ने भएपछि उनको नै केन्द्रीय भूमिका रहने फिल्म ‘वरिष्ठ बलराम’को छायांकन सेड्यूल केही महिना पोस्टपोन्ड भएको छ ।
प्रतिक्रिया