‘राजमहल’बाट बाहिरिइन् गरिमा
छहारी मल्टिमिडिया प्रालिका ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘राजमहल’बाट नायिका गरिमा शर्मा बाहिरिएकी छिन् । निर्माणपक्षसँग सल्लाह गरेर नै उनी बाहिरिएको वुझिएको छ ।
गरिमा हाल फिल्म ‘ह्रस्व दीर्घ’को छायांकनका क्रममा चितवनमा छिन् । सबिन कुमार तोलाङ्गीले निर्देशन गर्न लागेको यो फिल्ममा रमेश उप्रेती, सलोन बस्नेत, आँचल शर्मा, सरोज खनाल, मिथिला शर्मा र सिम्रन पन्तको मुख्य भूमिका छ ।
यो फिल्मको भोलि घोषणा गरेर छायांकन सुरु गर्ने तयारीमा निर्माणपक्ष छ ।
गरिमाले केही साता अगाडि फिल्ममा काम गर्ने सहमति गरेकी थिइन् । तर, फिल्मको छायांकन सुरु हुने समयमा उनको सेड्यूलमा समस्या आएपछि निर्माणपक्षसँग सहमति गरेर नै उनी बाहिरिएकी हुन् ।
गरिमाको हातमा एकपछि अर्को फिल्मको अफर छ । फिल्म ‘राजमहल’को नाम पहिले ‘ह्वाइट हाउस’ राखिएको थियो ।
प्रतिक्रिया