प्रभासको सालारमा सय करोड पारिश्रमिक, अरूकाे कति पारिश्रमिक त ?
दक्षिण भारतीय अभिनेता प्रभासको 'सालार' २२ डिसेम्बरमा रिलिज हुँदैछ ।
सालारले बक्स अफिसमा शाहरुख खानको फिल्म '‘डंकी’सँग प्रतिस्पर्धा गर्नेछ । सालारलाई केजीएफ फेम निर्देशक प्रशान्त नीलले निर्देशन गरेका हुन् भने ‘डंकी’लाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् ।
यसरी वर्षको अन्तिम दिनमा बक्स अफिसमा शाहरुख खान र प्रभासको भिडन्त हुने भएको छ । निस्सन्देह, यो खेलको नतिजा जस्तोसुकै होस्, दर्शकहरूले मनोरञ्जनको पूर्ण खुराक पाउने छन्। तर यसैबीच प्रभासले आफ्नो पान इन्डिया फिल्म सालारका लागि कति पारिश्रमिक लिइरहेका छन् भन्ने खबर पनि आएको छ ।
प्रभास सालारमा लार्जर देन लाइफको क्यारेक्टरमा देखिएका छन् र फिल्ममा उनको जबरदस्त एक्सन पनि देखिनेछ । फिल्मको बारेमा आइरहेको रिपोर्टमा प्रभासले सालारका लागि करिब १०० करोड पारिश्रमिक लिएको बताइएको छ । यति मात्र होइन, फिल्मको नाफामा पनि उनको हिस्सा रहनेछ र यो हिस्सा करिब १० प्रतिशत हुनेछ । यसरी सालारका लागि प्रभासको तलब थप चर्चामा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
फिल्मकी नायिका श्रुति हासनको कुरा गर्ने हो भने उनले सालारका लागि करिब ८ करोड पारिश्रमिक पाएकी छिन् । जहाँ मलयालम फिल्मका सुपरस्टार पृथ्वीराज सुकुमारनले फिल्मका लागि करिब ५ देखि ६ करोड भारु पारिश्रमिक लिएको बताइएको छ । जगपति बाबुले फिल्मका लागि ४ करोड पारिश्रमिक लिएको जानकारी दिइएको छ ।
यसअघि प्रशान्तले नील उग्राम, 'केजीएफ' र 'केजीएफ-२' पनि बनाएका छन् ।
प्रतिक्रिया