‘पुजार सार्की’मा अन्जना बराइलीको इन्ट्री

फिल्म ‘महापुरुष’ले सुखद कमाई गरेपनि नव–नायिका अन्जना बराइलीलाई खासै फाइदा भएन । यो फिल्म चलेपछि उनको हातमा मारामार काम आउने अपेक्षा थियो । तर, त्यस्तो भएन ।

बरु, उनी अधिकांश फिल्मका प्रियिमरमा पुगिन् र तस्विर खिचाइन् । तर, अब भने उनलाई एउटा आशातीत फिल्म हात लागेको छ । 

दिनेश राउतको निर्देशनमा विकास सुवेदीको लेखन र सुभाष भुसालको निर्माण रहने फिल्म ‘पुजार सार्की’मा उनी अनुबन्धित भएकी छिन् । फिल्ममा उनको भूमिका के हो भन्ने खुलेको छैन । तर, यो फिल्ममा फेरि अन्जनाले काम देखाउने मौका पाएकी छिन् । 

यो फिल्ममा अर्की कलाकार परीक्षा लिम्बुको पनि प्रवेश भएको छ । परीक्षाले ‘जारी र छक्का पन्जा ४’मा काम गरेपनि उनी दर्शक माझ नोटिस भएकी थिइनन् । तर, यो फिल्मबाट उनले पनि काम देखाउने मौका पाएकी छिन् । 

माघ महिनाबाट यो फिल्मको छायांकन सुरु हुनेछ । फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह मुख्य भूमिकामा छन् ।