सम्बन्ध सुधार्ने सोचमा कसरी पुगे प्रदीप ?

नायक प्रदीप खड्का आफूसँग सम्बन्ध विग्रीएका फिल्मीकर्मीहरुसँग सम्बन्ध सुधार गर्नुपर्ने सोचमा पुगेपछि अहिले धेरैका लागि यो आश्चर्यको विषय बनेको छ । 

विशेषगरि, फिल्म ‘ऐरी’को घोषणा गरेर मुम्बईबाट फर्किएपछि प्रदीप खड्का बदलिएका छन् । उनमा देखिएको परिवर्तनले फिल्म क्षेत्रका मानिसहरूलाई पनि आश्चर्यचकित बनाइरहेको छ । 

प्रदीप खड्काको सम्बन्ध फिल्म क्षेत्रका धेरै मानिसहरूसँग विग्रीएको छ । तर, अब उनी सम्बन्ध बिगारेर बस्ने अवस्थामा छैनन् । 

प्रदीप मिडियासँग नजिक देखिएका छन् । उनले, लगालग अन्तवार्ता दिनुले पनि यो कुराको पुष्टि गर्छ ।

विशेषश्रोतले दिएको जानकारी अनुसार, प्रदीपले फिल्म क्षेत्रमा कोहीसँग कसैका लागि टाढा हुनुको औचित्य नरहेको बुझिसकेका छन् । यसैले पनि उनी आफूसँग सम्बन्ध विग्रीएका मानिसहरूसँग काम गर्न तयार भएका हुन् । 

प्रदीपले निर्देशक सुदर्शन थापाको फिल्ममा काम गर्न तयार रहनु, नायिका पूजा शर्मासँग सहकार्य गर्न पनि तयार हुनुले यो कुराको पुष्टि गर्दछ । 

केही समय अगाडिसम्म निर्माता तथा निर्देशक सन्तोष सेनको क्याम्पमा मात्र अटाएका प्रदीप अहिले यो क्याम्पबाट बाहिरिएका छन् । यसैले, उनी कसैको पनि चित्त दुखाउने पक्षमा नरहेको वुझिएको छ । 

प्रदीपले ‘पूजार सार्की र एक्टर’मा काम गर्ने पक्का भइसकेको छ ।