ब्रान्ड बजारमा जोडिदा आफ्नो प्रतिष्ठा बढाउन मद्दत पुग्छः निराजन प्रधान

कलाकार तथा मोडल निराजन प्रधान विज्ञापन बजारमा सक्रिय छन् । उनले, दर्जन बढी विज्ञापनमा काम गरेका निराजन ब्रान्ड बजारमा रुचाइएका कलाकार हुन् । 

उनले, पहिलो पटक विज्ञापनमा काम गर्दा १५ हजार पारिश्रमिक लिएका थिए । तर, अहिले विज्ञापन बजारबाट कलाकारहरूले राम्रो आम्दानी गर्न थालेका छन् । निराजन भन्छन्–‘अहिले कुन ब्रान्डबाट कति आउँछ भनेर ठ्याक्कै भन्न सकिन्न । विशेष गरि, कलाकारको फेस भ्यालु र काम हेर्न गरिन्छ । बजारमा चलेका कलाकार र राम्रो काम गर्न सक्ने कलाकारले राम्रो पैसा आम्दानी गरिरहेका छन् भन्ने मलाई लाग्छ ।’

निराजन विज्ञापनले कलाकारको लोकप्रियता बढाउने कुरामा विश्वास राख्छन् । कुनै, ब्रान्डसँग जोडिनु भनेको कलाकारको लोकप्रियतालाई विविधिकरण गर्नु हो भन्छन् निराजन । ब्रान्डले कलाकारको प्रतिष्ठालाई समेत बढाउने उनको भनाई छ । 

निराजनले सुरुवातमा आफूले पनि ब्रान्ड बजारबाट धेरै कुरा सिकेको र अहिले यूवा टिमहरुको प्रवेश यो बजारमा भएपछि झनै सहज भएको बताए । निराजनले अहिलेसम्म दुई दर्जन विज्ञापनमा काम गरेको बताए । जसमा सामसुङ, रेड बुल, फोर्ड इको स्पोर्ट, गोदरेज नम्बर वान, माई पे, स्प्राइट लगायतका नाम चलेका ब्रान्डसँग उनी जोडिएका छन् । 

म्युजिक भिडियोका सफल यी मोडलले विज्ञापनमा काम गर्दा व्यवसायीहरुसँग पनि आफ्नो सम्बन्ध राम्रो बनेको तर्क सुनाए । कलाकारका लागि ब्रान्ड बजारले लोकप्रियता र जीवनस्तरमा धेरै फरक पारेको उनको तर्क छ ।