५ हप्तापछि २ नेपाली फिल्म रिलिज, तर बक्स अफिसमा विजोग
कार्तिक २४ गते फिल्म ‘दिमाग खराब’ रिलिज भएको थियो । यसको पाँच हप्तापछि बल्ल दुई नेपाली फिल्म रिलिज भए । शुक्रबारदेखि रिलिजमा आएका दुई नेपाली फिल्मको बक्स अफिसमा दयनीय नै देखियो ।
उदय सुब्बाको निर्देशनमा तयार भएको फिल्म ‘दुई कदम’ले हलमा दर्शक नै पाएन । सुनील थापा, गौरव पहारीको साथमा दुई नव–कलाकार इओन लिम्बु र सिमोन गिरी अभिनित फिल्मले दर्शकको साथ पाएन ।
फिल्म हेर्नका लागि शुक्रबार र शनिबार नै हलमा दर्शक आएनन् । फिल्मको प्रचारमा निर्माणपक्षले राम्रै खर्च गरेको थियो । फिल्मका लागि नायिका वर्षा सिवाकोटीलाई राखेर एउटा गीत पनि तयार गरिएको थियो । तर, फिल्मले हलमा पानी भन्न पाएन ।
यस्तै, शुक्रबारदेखि नै रिलिजमा आएको अर्को फिल्म ‘जम्प’ले पनि दर्शक पाएन । दुई नेपाली फिल्मले दर्शक नपाउँदा मङसिर महिना व्यापारिक रुपमा सबैभन्दा कमजोर रहन पुग्यो ।
अब, एक महिनापछि मात्र अर्थात् पौषको २७ गतेबाट ३ नेपाली फिल्म रिलिज हुनेछ । बक्स अफिसमा बलिउड फिल्म ‘एनिमल’कै हालिमुहाली देखिएको छ ।
प्रतिक्रिया