‘जम्प’ र ‘दुई कदम’ प्रिभ्यु: व्यापार कस्तो होला ? दर्शकले मन पराउँछन् या पराउँदैनन् !

भोली शुक्रबारबाट नेपाली बक्सअफिसमा दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आउँदै छन् ।

जसमा आशुतोषध्वज कार्कीको डेब्यू निर्देशन रहेको ‘जम्प’ र उदय सुब्बा निर्देशित ‘दुई कदम’ रहेका छन् ।

फिल्म ‘जम्प’मा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, इलिस विष्ट तथा रितेश राजकर्णिकारको अभिनय रहेको छ ।

साइको थ्रिलर फिल्म 'जम्प' को कथा निर्देशक कार्कीले नै लेखेका हुन्। यस फिल्मको गत आइतबार गरिएको थियो । प्रिमियरपछि धेरैले फिल्म भिन्न शैलीमा बनेको र हलिउड फिल्ममा रुचि राख्नेका लागि यो विशेष रुचीकर हुनसक्ने प्रतिक्रिया दिएका थिए । उनीहरुले फिल्मको शैली फरक रहेको र ध्यान दिएर हेर्नुपर्ने बताएका थिए ।  

यस फिल्मलाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ ।

यो फिल्म मूलधारका फिल्म भन्दा अलिक फरक रहेको बुझ्न सकिन्छ । यसलाई एउटा तहका दर्शकहरुकालागि रुचिकर हुने देखिन्छ । फरक स्वाद खोजी रहने दर्शककालागि रोजाइमा पर्न सक्छ । त्यसो त यो फिल्मले माश अपिल गरिहाल्छ भन्ने स्थिति चाहिँ भन्न सक्ने अवस्था छैन ।

एक थरी दर्शकहरूको पर्खाइ रहेको यस फिल्मले व्यापारका हिसाबले के गर्छ भन्ने कुरामा पर्सिका दिनबाट थाह हुनेछ । प्रचार प्रसारमा खासै आक्रामक नदेखिएकाले वर्डमाउथमा भर पर्नुपर्ने देखिन्छ ।

यो समाचार तयार पार्दासम्म फिल्म 'जम्प'का युट्युबमा सार्वजनिक भएका प्रचार सामाग्री हेर्दा (समाचार तयार पार्दासम्म) एक महिना अघि सार्वजनिक भएको ट्रेलरको ४१ हजार ९ सय हारहारी भ्युज गएको छ । यस्तै, दुई हप्ता अघि सावर्जनिक भएको फाइनल ट्रेलरको २२ हजार ८ सय २५ छ भने १२ दिन अघि सार्वजनिक भएको ‘फेरि फर्किन्छ’ बोलको गीतको २ लाख ४ हजार ९ सय ६ भ्युज गएको छ ।

यस फिल्मलाई देशभरका केही मल्टिप्लेक्स र केही सिंगल थियटर शोज दिएका छन् भने देशकै सबै भन्दा ठुलो क्यूएफएक्स चेनले कुनै पनि शोज उपलब्ध गराएको छैन ।

यसै गरी अर्को फिल्म रहेको छ ‘दुई कदम’ । यस फिल्ममा मुख्य नायक र नायिका नै नयाँ छन् । जसमा  इओन लिम्बु र सिमोन गिरीको लभ स्टोरीलाई मुख्य रुपमा देखाइएको छ ।

फिल्ममा इओन र सिमोनको साथमा सुनील थापा, गौरव पहारी लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।​​​​

अजम्बरी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा तारादेवी लिम्बूको लगानी छ । फिल्ममा दयाराम घिमिरेको पटकथा, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बू र विकास चौधरीको संगीत,  राजु किरातीको द्वन्द्व निर्देशन छ ।

यो फिल्म रेगुलर आइरहेका फिल्म जस्तै छ । यसमा प्रेम र रोधनका दृश्यहरू रहेको छ । यसको सार्वजनिक ट्रेलरले मित्रता र प्रेममा आउने उतारचढावलाई चित्रण गरिएको छ ।

यो फिल्मको लगानी डेढ करोड माथि रहेको छ । यस फिल्मलाई उपत्यकाका मल्टिप्लेक्सहरु न्युनमात्रमा शोज दिएको देखिन्छ । उपत्यकाका बाहिर केही हलहरूले पनि यो फिल्मलाई कमै शो दिएका छन् ।

धेरै हलहरूले फिल्म माथि विश्वास नगरेको देखिएको यस्तो अवस्थाको यो फिल्मले बक्सअफिसमा भयकंर चल्ने र व्यापार गर्न सक्छ भनेर भनिहाल्ने अवस्था छैन । यसलाई पनि वर्ड अफ माउथ आवश्यक पर्ने देखिन्छ ।

त्यसो त यस फिल्मको प्रचार पनि खासै नगरेको र रिलिज मात्रै गरिएको देखिन जाँदा यो फिल्म पनि लगभग बक्स अफिसमा असफल हुने तय जस्तै देखिन्छ ।

‘दुई कदम’का युट्युबमा सार्वजनिक भएका प्रचार सामाग्री हेर्दा (समाचार तयार पार्दासम्म) एक महिना अघि सार्वजनिक भएको टिजरको १ लाख ५२ हजार माथी भ्युज गएको छ । एक महिना अघि नै दुई कदम शीर्षकको गीतको पनि १ लाख २४ हजार २ सय भ्युज छ ।

यस्तै, २ हप्ता अघि सार्वजनिक भएको 'ऐ मेरा बाबेनी' बोलको गीतको ७ लाख ७ सय ३० भ्युज गएको छ ने ट्रेलरको २ लाख १३ हजार ६ सय भ्युज गएको छ । ‘दुई कदम’ले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ । 

भोलि शुक्रवारबाट तपाईँहरूलाई यी दुई फिल्म मध्य कुन फिल्म तपाईंरूको रोजाइको र मन परेको छ भने आफ्नो इच्छा अनुरूप हेर्न सक्नु हुनेछ ।